Bal Garera Singer : Swaroop Raj Acharya


[बल गरेर त्यो मन यता मोड म।
माया गर्छु थाहा छ मलाई छोड भन्दिन म।
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै।
मै संग नाता जोड भन्दिन म।
म त माया गर्छु तिमीलाई नै।

म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने।
तिम्ले आफना आफन्तलाई होला सोध्नु पर्ने।
रितै हो जन्म घर छोड्ने, क गर्छौ खोइ तिमि?
जन्मघर संगको नाता तोड भन्दिन म।
पराइको पछ्यौरी त्यो ओढ भन्दिन म।
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै।
मै संग नाता जोड भन्दिन म।
म त माया गर्छु तिमीलाई नै।

बाटो सबै सजिलो त कहाँ हुन्छ हिड्न।
मन पराई एउटालाई यात्रा न होस् भिन्न।
गार्हो हुन्छ कहिलेकाहिं साँचो माया चिन्न।
तिम्रो माया टुक्रा पारी तोड भन्दिन म।
फल नदिने वृक्ष लै गोड भन्दिन म।
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै।
मै संग नाता जोड भन्दिन म।
म त माया गर्छु तिमीलाई नै।


TNepali Songs Lyrics nepali song lyrics and chords" "