Chaita Maas Khaderima Songs Lyrics By Singer : Sadhana Sargam


 चैतमास खडेरीमा, डढेलोले बने खायो।…२
उसको बाटो कुर्दा-कुर्दा, ये है।
उसको बाटो कुर्दा-कुर्दा, सुक्सुर्ताले मनै खायो।
चैतमास खडेरीमा, डढेलोले बने खायो।

देउरालीका देउदेउता, पाती चढाउँला।
भन्ज्यांका माने जति, तिम्लाई मनाउँला।
टाडा बाट मेरो माया, आजै बोलाइदेऊ।
उस्को बाटो छेक्ने बादल, तिमी फ़ाटिदेऊ।
तिमी फ़ाटिदेऊ, नारन।
चैतमास खडेरीमा, डढेलोले बने खायो।

मेरो खबर उनीकहाँ, बादल पुर्याईदेऊ।
चाडै हाम्रो भेट हुने, साईतै जुराईदेऊ।
खोला तर्दा गाहारो होला, बाढी घटिदेऊ।
उस्को बाटो छेक्ने पहाड, तिमी हटिदेऊ।
तिमी हटिदेऊ नारन।

चैतमास खडेरीमा, डढेलोले बने खायो।
उसको बाटो कुर्दा-कुर्दा, ये है।
उसको बाटो कुर्दा-कुर्दा, सुक्सुर्ताले मनै खायो।
चैतमास खडेरीमा, डढेलोले बने खायो।
[ये है, सुक्सुर्ताले मनै खायो।
ये है, डढेलोले बने खायो।]…२


TNepali Songs Lyrics nepali song lyrics and chords" "