Labels

Ram Bhakta Jojiju Songs " Udhera Juna Chhunchu" " Ke Bar Magi Farkeu" Lyrics


   Udhera Juna Chhunchu

Singer : Ram Bhakta Jojiju

उढेर जुन छुन्छु भन्थे,
तर आज पिजडाको, चरी भा छ जीवन।
जुगौजुग जिउछु भन्थे,
तर आज आफ्नै काखमा, मरी रा छ जीवन...२।

हृदयको बगैचामा, प्रिती रोपेको थिए।...२
मगमगाउदो फूल फुलाउने, सपना देखें को थिए...३।
सपना सबै टुटिगए, आजभोली आँखाबाट, बगीराछ जीवन।
जुगौजुग जिउछु भन्थे,
तर आज आफ्नै काखमा, मरी रा छ जीवन...२।

जिउन भने मुटु साटें, झनै मरिगएं।...२
जाडो छेक्न आगो फुकें, त्यसमै परिगएं…३।
बगेर सागर पुग्छु भन्थे, तर बगरको ढुंगा, सरि भा छ जीवन।

जुगौजुग जिउछु भन्थे,
तर आज आफ्नै काखमा, मरी रा छ जीवन...२।


TNepali Songs Lyrics nepali song lyrics and chords" "


       Ke Bar Magi Farkeu

Singer : Ram Bhakta Jojiju

के बर मागी फर्केउ भन, तिम्ले पुज्ने देउता सित।
दुनियालाई नभने नि, भन्न हुन्छ एउटा सित...२।]...२

मन्दिरबाट फर्किएकी, हाथमा फूलको थाली रै छ।...२
निदारको टिका माथी, सिउदो त्यसै खाली रै छ...२।
बर माग्दा सिन्दुर माग्नु, दिन्छन भने देउता सित।
दुनियालाई नभने नि, भन्न हुन्छ एउटा सित...२।

जिन्दगीमा कसैसंग, आखिर नाता जोड्नै पर्छ।...२
अरुले झै तिम्ले पनि, जन्म घर त छोड्नै पर्छ।
माईती घर त छोड्नै पर्छ।
स्वर्ग जस्तै घर माग्नु, दिन्छन भने देउता सित।
दुनियालाई नभने नि, भन्न हुन्छ एउटा सित...२।

के बर मागी फर्केउ भन, तिम्ले पुज्ने देउता सित।
दुनियालाई नभने नि, भन्न पर्छ एउटा सित...२।


TNepali Songs Lyrics nepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan