Labels

Ramkrishna Dhakal Songs - Daiba tero Mayaako Khelale - Song Lyrics


[दैब तेरो मायाको खेलाले,आज मेरो यो गति पार्दियो।---२
जसको निम्ति बाँचेको उसैले, आधी  बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।

मान्छे पनि कहासम्म निष्ठुरी, दयाको त ठाँउ सम्म देख्दैन।---२
आफ्नो सानो घाउ दुख्ने मान्छेले...२ अरुमर्दा सम्मनि रुँदैन। ...२
सबैलाई हसाउँने मायाले, जुनी भरी धरधरी रुवाइदियो।
जसको निम्ति बाँचेको उसैले, आधी  बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।

आफ्नो गल्ती कसैले देख्दैन, आफु झुटो कहिले नि हुँदैन।---२
सबै देख्छन् अरुलाई नजाती...२ आफ्नै मैलो कसैले देख्दैन। ...२
दुई मुटु जोडिदिने मायाले, मुटु किन तोडिदियो।

जसको निम्ति बाँचेको उसैले, आधी  बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।
  
Bachunjel Lai
फुल भन्छ फुली रहुँ, जुन भन्छ चम्कि रहुँ -२
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
बचुन्जेलिलाई -४

नदि भन्छ बगी रहुँ, श्रीष्टि भन्छ चली रहुँ -२
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
बचुन्जेलिलाई -४

[नपरोस् बचनले घोच्न बरु ओठ सिएरै बस्छु
बिजाउदीन आँखाहरुमा बरु आफै उडी दिन्छु ]-२

कसैको दुखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ
सपना त सपना हो बिपनामा रित्ति हाल्छ
बिपनीमा रित्ति हाल्छ
बचुन्जेलिलाई -२

[नपरोस् टुटेर जाने कसम र क्रिया खान
नपरोस् छिन् भरको लागी झिनो साहारा बन्न ]-२
सुन झैँ सुन्दर तारा कस्ले पो टिप्द छ र
मरे पछी को स्वोर्ग कस्ले पो देख्याछ र
कस्ले पो देख्याछ र
बचुन्जेलिलाई -२


Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"

Yo Mero Topi Ho By Gopal Yonjan