Labels

Relko Bato Singer : Suraj Pandit


[रेलको बाटो पुग्दैछ रे…२, तिमी बस्ने शहरैमा। 
हुम्ला कैले मोटर आउला …२, बस्याको छु रहरैमा। 
ए हजुर, बस्याको छु, हेर्ने रहरैमा

सिटामोलको अभावमा, मर्नु पर्ने कोही। 
चोटलागे भोकलागे पनि, बस्नु पर्ने रोई, हजुर। 
तुईन चढी, स्कुल जान्छन, नानी बाबु गाउँमा। 
कालो बाटो, चिल्ला गाडी होलान तिम्रा ठाउँमा, हजुर। 

रेलैको बाटो पुग्दैछ रे, तिमी बस्ने शहरैमा। 
हुम्ला कैले मोटर आउला …२, बस्याको छु रहरैमा। 
ए हजुर, बस्याको छु, हेर्ने रहरैमा। 

खच्चर मेरा गाडी मोटर, संगै हिड्ने भिरमा। 
नुनको भारी, पिठठीउमा, नाम्लो मेरो शिरमा, हजुर। 
दाउरा घास, खाली खुट्टा, छैनन चप्पल जुता। 
रातो कार्पेट ओछ्याउछन रे, तिम्ले टेक्दा उता, हजुर। 

रेलको बाटो पुग्दैछ रे, तिमी बस्ने शहरैमा। 
हुम्ला कैले मोटर आउला …२, बस्याको छु रहरैमा। 
ए हजुर, बस्याको छु, हेर्ने रहरैमा।

TNepali Songs Lyrics timro maya nepali song lyrics aama nepali song lyrics baby i love you nepali song lyrics basa sundari nepali song lyrics chiya coffee nepali song lyrics galbandi nepali song lyrics i love you nepali song lyrics jun ko jyoti nepali song lyricshords" "

Yo Mero Topi Ho By Gopal Yonjan