Labels

Melina Rai Top SOngs Lyrics Including "Kutuma Kutu"


     Maya Malai

माया मलाई धेरै गर्छु भन्छौ।
त्यसैले मन चंगा भाको छ।]…२
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।
माया मलाई धेरै गर्छु भन्छौ।
निदाउनु अघि, खुल्दुली हुन्छ, निदाए काउकुती।…२
कानैमा आई, सासले बोल्छौ, लाग्दछ छटपटी।
बिउझेर हेर्दा, म एक्लो हुन्छु,सोच्छु के भाको छ।
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।
माया मलाई धेरै गर्छु भन्छौ।
बिहानी पखको, चिसो सिरेटो, मायाले न्यानो छ।…२
साँझको कालो, अँध्यारो पनि, उज्यालो भै रा छ।
जहीँतहीँ  म, तिमी नै देख्छु, अचम्म भा को छ।
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।
माया मलाई धेरै गर्छु भन्छौ।
त्यसैले मन चंगा भाको छ।…२
  


Thisnepali song lyrics and chords" "


Khaeko Kasam Firta

खाएको कसम फिर्ता, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।]…२
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२
भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।
भन्ने हरुले जे सुकै भनुन, भन्नै नहुने के नै छ र।
सुन्ने हरुले जे सुकै सुनुन, सुन्नै नहुने के नै छ र…२।

मनभन्दा धन ठुलो, भन्न मिल्छ र।
फूल जस्तो मान्छे काँडा, बन्न मिल्छ र।
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२

भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।
भाग्य सबैको साझा हुदैन, खुशी सबैलाई सधै हुदैन।
दुख नचिन्ने मान्छे हुदैन, मान्छे नचिन्ने देउता हुदैन…२।

विष पनि अमृत ठानी, पिउन मिल्छ र।
पराई लाई आफ्नो ठानी, जिउन मिल्छ र।
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२
भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।


Thisnepali song lyrics and chords" "


    Aaja Feri Ekantama

आज फेरी एकान्तमा, तिमी याद आयौ।…२
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।
कुहिरोले तिमीलाई, छेकिदिए हुन्थ्यो।
तिम्रो याद पहिरोले, लगिदिए हुन्थ्यो…२।]…२
पर हुन खोजे किन, बलियो समायौ।
अशान्त यो मनलाई, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।
टाढा-टाढा सम्म पनि, कोहि देखिदैन।
चकमन्न वरिपरि, केहि सुनिदैन…२।]…२
कहाँ बाट मनको तार, तिमीले घनकायौ।
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।


Thisnepali song lyrics and chords" "


   Birsu Bhanchu

बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि।…२
दुखिरहने मुटुको घाउ, सहनै साह्रो भयो नि।…२
बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि।
कति खुशी थिएँ म, तिम्रो साथ हुँदा।…२
गार्हो भयो जीवन काट्न, तिमी टाढा हुँदा।
जीवनको मोडहरुमा, तिमी नै थियौ साहारा।
छुट्टिएर गएउ आज, बनायौ दुई किनारा।…२
अझै याद आउँछ मलाई, ति दिनहरुको।…२
एकै पल भेट नहुँदा, तिमी पागल झैँ बनेको।
सोचिन कहिल्यै, समय यति निष्ठुर छ भनेर।
माया पनि किनबेच हुने, दुनिया छ स्वार्थी भनेर।…२
बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि।


Thisnepali song lyrics and chords" "


   Kasari Kasari

कसरि कसरि, कसरि।…२
जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
कसरि कसरि, कसरि।…२
हो, जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…२
मायाको डोरी तिमी मै, बाँधियो बेसरी।
मनले तान्यो मनलाई, चुम्बकले जसरि।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…२
खानुमा सबलाई, मन पर्ने, चट्ट चटनी।
अचेल के भो, देख्छु मात्र, तिम्रै सपनी।
सपनी सपनी, सपनी।…२
आहा, खानुमा सबलाई, मन पर्ने, चट्ट चटनी।
अचेल के भो, देख्छु मात्र, तिम्रै सपनी।
जानु है भन्छन पशुपति, काठमाडौँ पुगेसी।
मान्दैन यो मन जान कतै, तिम्लाई भेटेसी।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…२
रातैमा पर्दा आकाशैमा, नौलाखे तारा।
तिमी नै मेरो, मनको राजा, देउ न साहारा।
साहारा साहारा साहारा।…२
रातैमा पर्दा आकाशैमा, नौलाखे तारा।
तिमी नै मेरो, मनको राजा, देउ न साहारा।
पातैलाई गाँसी, बनाउने, दुना टपरा।
तिमीलाई रानी बनाएर, बन्छु म राजा।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…२
जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
मायाको डोरी तिमी मै, बाँधियो बेसरी।
मनले तान्यो मनलाई, चुम्बक ले जसरि।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…५ 


Thisnepali song lyrics and chords" "


Kutu Ma Kutu
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु।…४
हेर्दामा जिउज्यान खाइलाग्दो, जागिरी मर्द बलियो।
इमान्दारी केटोलाई, जोवन दिने मन थियो।]…२
खैनी-चुरोट खान्छौ कि, दाँतै कालो छ।
दाँतै कालो छ हजुर, ओंठै कालो छ।
दिदीको मगनी भैसक्यो, मेरै पालो छ।…२
यसपाली हिउँदो महिनामा, बिहे नगरी भाछैन।
कन्याको ठहर-ठेगाना, केहिपनि टुंगो लाछैन।]…२
कोरीबाटी चट्ट कपाल, लाली ओंठैमा।
लाली ओंठैमा हजुर, लाली ओंठैमा।
झ्याप्पै कदम रोकियो, फूलको बोटैमा।…२
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु। …४
बिर्कोमा लाको चिनीमा, कसरि पस्यो कमिलो।
डाँडा बारीको सुन्तोला, गुलियो छ कि अमिलो।]…२
खैनी-चुरोट खान्छौ कि, दाँतै कालो छ।
दाँतै कालो छ हजुर, ओंठै कालो छ।
दिदीको मगनी भैसक्यो, मेरै पालो छ।…२

[राजाको हात्ती मै सित, सौ तोला सुन छ ल्हासाको।
पढाई लेखाईमा अब्बल छु, बैज्ञानिक बन्छु नासाको।]…२
कोरीबाटी चट्ट कपाल, लाली ओंठैमा।
लाली ओंठैमा हजुर, लाली ओंठैमा।
झ्याप्पै कदम रोकियो, फूलको बोटैमा।…२
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु।…४
बघिनीको छोरीलाई, कुखुराको भालेले।
ठुल्ठुला कुरा गरेर, पट्ट्याउन आँट्यो, कालेले।]…२
खैनी-चुरोट खान्छौ कि, दाँतै कालो छ।
दाँतै कालो छ हजुर, ओंठै कालो छ।
दिदीको मगनी भैसक्यो, मेरै पालो छ।…२
छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको।
तिमी त रै  छेउ मितिनी, कोईली हैन कागैको।]…२
कोरीबाटी चट्ट कपाल, लाली ओंठैमा।
लाली ओंठैमा हजुर, लाली ओंठैमा।
झ्याप्पै कदम रोकियो, फूलको बोटैमा।…२
मनमा मिले मेला हजुर, नमिले झमेला।…२
आजै गरौ रमाईलो, भोली त के होला।…२
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु।…४

Thisnepali song lyrics and chords" "


Is it Love?

चल्नै छाड्छ, ढुकढुकी यो, नहुँदा तिम्रो साथ।
एकछिन तिम्लाई नपाउँदा नि, रोकिन्छ होला सांस।
तिमी मै टोलाईरहू भन्छ, मेरो आँखा।
के माया यहि हो , is it a love.
तिमीलाई बोलाई रहुँ भन्छ मेरो भाका।
के माया यहि हो , is it a love.
मन बुझाउने कसरि, मान्दैन, हाल दिलको बताउन, जान्दैन।
लुकाएर तिम्रो माया मुटुमा, सामु आउँदा ऒठ केहि भन्दैन।
भाग्य मा नै तिमी छौ कि, तिमी मेरै निम्ती हौ कि।
परिस्थिती यस्तै बन्छ, is it a love.
नाना नाआ, आआ आ
कहिँ कतै नटुङ्गिए हुन्थ्यो, यो बाटो, पिरतीको।
यहीं कतै अल्झिरहे हुन्थ्यो, यो धर्ती, यो आकाश, यो बादल।
यात्रा जिन्दगीको ।
प्रकृति भरि, सुवास छरी फक्रिरहुँ जस्तो।
झरनामा, छहरामा, पहरामा, लहरामा।
झुलीरहूँ जस्तो ,  is it a love.
नाना नाआ, आआ आ।
भावीले कोरेको हुन्छ भन्छन, जोडी सबको, जनमभरको।
सम्झी डर लाग्छ कतै छुट्ला, अनि टुट्ला ।
सुन्यतामै बिलाई जाला, हुन्छौँ कि अपुरो।
सिन्दुर छरी, सिउँदो भरि, आफ्नै बनाउँला।
जुगौजुग बाँचीरहने, हर लोकले सम्झिरहने।
कथा रचाउँला,  is it a love.
नाना नाआ, आआ आ।


Thisnepali song lyrics and chords" "



       Ajambari

मनको हुन्न केहि भर, हैन र।
मायामा हुन्न केहि डर, हैन र।
यो मनलाई त्यो मनको खबर, छैन र।
मायामा बग्दै जाने रहर, छैन र।
रातले जुनलाई, चाहे जस्तो।
दिनले घामलाई, पाए जस्तो।
अजम्बरी लाउँला पिरती।…२
लुकामारी खेल्छ किन, घाम र जुन।
अनि पो हुन्छ, रात र दिन।
आफ्नै आकाश, आफ्नै धर्ती।
अनि हाम्रो आफ्नै होला, सांझ बिहान।
खै केले, खै केले खान्छ।
नि खै केले खान्छ।
नि कुटुकुटु मन मेरो किन।
कहिले तितो, कहिले मिठो।
यस्तो कथा रैछ माया, मुटुको सुन।
घामपानीले मायालाई, छुन्छ र।
हो, मायाको रंग, मधुरो हुन्छ र।
यो मनलाई त्यो मनको खबर, छैन र।
मायामा बग्दै जाने रहर, छैन र।
किनाराले नदीलाई डोर्याए जस्तो।
नदीले सागर, पाए जस्तो।
अजम्बरी लाउँला पिरती।…२


Thisnepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan