Labels

Top Song Of Narendra Pyasi Including " Ke Bhul Bhayo Priya"


[Ma Ta Roye Roye
म त रोएँ रोएँ, तिम्रो सम्झनामा,
तिमी किन रोयौ, भन मेरी माया।]…२
म त रोएँ रोएँ...
[धर्तीले टाढा, भई गए पनि।…२
मनले टाढा, सोच्दिन कहिले।]…२
तिमीले सम्झ-बिर्स मायालु।…२
तिमीलाई भूल्ने, छैन म कहिले।
म त रोएँ रोएँ तिम्रो सम्झनामा।
[सोचेको कहिले, नपुग्दो रहेछ।…२
मन मात्रै दुखि, बनाए मैले। ]…२
आँखाले आँशु, बगाए पनि।…२
जतनले मनमा, राख्ने छु मैले।
म त रोएँ रोएँ, तिम्रो सम्झनामा,
तिमी किन रोयौ, भन मेरी माया।
म त रोएँ रोएँ... 


Thisnepali song lyrics and chords" "


Kathmandu Chutyo
काठमाण्डु छुट्यो हेर्दा हेर्दै, आकाश माथि उडिहालें म।...२
याद आयो आफ्नै देशको, याद आयो आफ्नै गाउँको।
धेरै टाढा पुगिंहालें म, काठमाण्डौ छुट्यो हेर्दा हेर्दै।
बिदेशिन मन थिएन बाध्यतामा परें म।...२
जति दुख गर्दा पनि, अभावमै मरे म।
जन्मभूमि छुट्यो, साथीभाई छुटे।
याद आयो मायालुको।...२
धेरै टाढा पुगिं हालें म, काठमाण्डु छुट्यो हेर्दा हेर्दै।
जहाँ पुगें पनि सधैं, ठक्कर मात्र पाउँछु म।...२
थाहा छैन अब फेरि, कहिले फर्कि आउँछु म।
लेकबेसी छुट्यो, उतै खुशी छुट्यो।
याद आयो मायालुको।...२
धेरै टाढा पुगिं हालें म, काठमाण्डु छुट्यो हेर्दा हेर्दै।


Thisnepali song lyrics and chords" "


[Timi Binako Jiwan
तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।
फूल विनाको वासना,  सोच्न सम्म नि म सक्दिन।
बरु जाओस मेरो जीवन...२, माया मार्न म सक्दिन।
तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।
फूल विनाको वासना,  सोच्न सम्म नि म सक्दिन।
कसले देख्यो र देउतालाई...२, देउता भन्नु तिमी हौ।
प्रितको सिङ्घो संसार,  सृष्टी पनी तिमी हौ।...२
मायाले दिन्छौ भने त...२, विषै पनी पीदिउंला।
तिम्रो दुख यो मनमा, राखी सबै सिईदिउंला।...२
तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।
फूल विनाको वासना,  सोच्न सम्म नि म सक्दिन।
बरु जाओस मेरो जीवन...२, माया मार्न म सक्दिन।
तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।
फूल विनाको वासना,  सोच्न सम्म नि म सक्दिन।
तिमी विनाको जीवन, सोच्न सम्म नि म सक्दिन।...  २ 


Thisnepali song lyrics and chords" "


[Ke Bhul Bhayo Priya
के भुल भयो प्रिया, म सँग बोल्दिनौ।…२
उज्यालो दिन उघार्दै पर्दा, रातको खोल्दिनौ।
म सँग बोल्दिनौ।
के भुल भयो प्रिया, म सँग बोल्दिनौ।
अध्यारो देख्छु मुहार तिम्रो, बादल छाएझै।
सुस्केरा सुन्छु चैतमा, आँधी बेहेरी आएझैँ।
एकान्त रोज्छु मनमा कतै, तुवाँलो छायो कि।
बसन्त नआई जिवनमा तिम्रो, वर्षात आयो कि।
तुवाँलो छायो कि।
के भुल भयो प्रिया, म सँग बोल्दिनौ।
रुनेछ मेरो संसार, तिम्रो उज्यालो नपाउँदा।...२
अन्धकार छाउछ जसरी, राती जुन नहुँदा।
रुवाई मेरो संसारलाई तिमी, अरुलाई नरोज।
मायाको फूल नफ़क्रि झर्छ, टाढिन नखोज।
अरुलाई नरोज।
के भुल भयो प्रिया, म सँग बोल्दिनौ।


Thisnepali song lyrics and chords" "



Yo Mero Topi Ho By Gopal Yonjan