Labels

Narayan Gopal Songs Collection 4 Songs In One page


Mero Ankha Lai Raakhne
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।

पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।...२
बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि।
त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन।
बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन...२।
मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन।
तिम्रो दोकानमा राखूँ कि, मेरो आँखालाई राख्ने।

उदास भन कि, खुशी भन कि, भएकै म पनि।...२
राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि।
जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल।
मायालु मात्र, बेग्ला र बेग्लै, मायाको एउटै फूल...२।

मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।...२
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।...२


Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"


Kehi Chot Le
केहि चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ।
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ।
केहि चोटले।

मान्छेले गर्ने कर्म हरु, के ले असल खराब हुन्छ।
आफ्नो अपजसे हाथ हरुले, जे गर्यो त्यहि खराब हुन्छ।
डढेको मनमा जे राख, सबै एकछिनमा खाक हुन्छ।
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ।
केहि चोटले।

न त घृणाले आतिन्छु, न त मायाले मातिन्छु।
मलाइ दोष देऊ, या देउ उपहार, कालो रंगमा जे पोतेहुन्छ।
के को बत्ती नदेख्ने लाई, मेरो दिन रात समान हुन्छ।
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ।
केहि चोटले।  


Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"


Pokhiera Ghaamko Jhulka
पोखिएर घामको झुल्का, भरि संघारमा।
तिम्रो जिन्दगीको ढोका, खोलुखोलु लाग्छ है...२।
सयपत्री फूल सितै, फक्री आगनमा।
बतासको भाखा टिपी, बोलुँबोलुँ लाग्छ है...२।

कतिकति आँखाहरु, बाटो छेक्न आउँछन।…२
परेलीमा बास माग्न, कति आँखा धाँउछन।
यति धेरै मानिसका, यति धेरै आँखा हरु।
मलाई भने तिम्रै आँखा, रोजुँ रोजुँ लाग्छ है...२।

उँडुउँडु लाग्छ किन, प्वाँख कहिले पलायो।…२
मनको शान्त तलाऊको, पानी कसले चलायो।
आफैलाई थाहा छैन, कसलाई थाहा होला।
यसैले त तिमीसँग, सोधुँ सोधुँ लाग्छ है...२।

पोखिएर घामको झुल्का, भरि संघारमा।
तिम्रो जिन्दगीको ढोका, खोलुखोलु लाग्छ है...२।  

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"


Kasturi Hey
कस्तुरी हे, बास आउछ भन्छन।…२
सुन माया, आउदैन त्यो किन हो, यो दिनैमा।

हो…ओ…….पहिले माया हाँसेर लायौ…२।
सुन माया, अहिले पो चाल पायौ हो, यो दिनैमा।

तिम्रो माया छ एकातिर।…२
सुन माया, न हेर मतिर हो, यो दिनैमा।

हो…ओ…….आकाशैका नौ लाखे तारा…२।
सुनमाया, आँसुका नौ धारा हो, यो दिनैमा। 

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"

Yo Mero Topi Ho By Gopal Yonjan