Labels

Pramod Nirwan Top Songs Lyrics "Jaba Tara Ganera" "Kina Yasari"


  Jaba Tara Ganera

Singer : Pramod Nirwan

जब तारा गनेर, एक्लै टोलाउछौ।
जब हृदय खोलेर,मलाई बोलाउछौ।
म बादलको साहारा लिएर, चन्द्रमाबाट हेर्नेछु।…२
जब तारा गनेर, एक्लै टोलाउछौ।

मान्छेको जीवन हो, सधै भेट्न गार्हो हुन्छ।…२
दुरदृष्टि ले मन झन, साह्रो हुन्छ।…२
जब पुजा गरेर, मलाई सम्झिन्छौ।
जब दुख भुलेर, एकछिन हास्छौ।
म यादको साहारा लिएर, मनमनै भेट्नेछु।…२
जब तारा गनेर, एक्लै टोलाउछौ।

मान्छेको जीवन हो, समय साथ उडेर जान्छ।…२
एकदिन दैबले तनमन, हरेर लान्छ।…२
जब तिमी चिच्याएर, मलाई बोलाउछौ।
जब आकाश हेरेर, एकछिन टोलाउछौ।
म बादलको साहारा लिएर, तारा बनि खस्नेछु।
म अदृश्य स्वरूपमा आएर, तिमी संगै बस्नेछु।

जब तारा गनेर, एक्लै टोलाउछौ।
जब हृदय खोलेर,मलाई बोलाउछौ।
म बादलको साहारा लिएर, चन्द्रमाबाट हेर्नेछु।…२
जब तारा गनेर, एक्लै टोलाउछौ।


Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"


      Kina Yasari

Singer : Pramod Nirwan

किन यसरी, विना अर्थले, माया मार्यौ।
व्यथाको दुनियामा, किन मलाई, एक्लै छाड्यौ।
मायाको अर्थलाई, यसरि तौलिदियौ।
जहाँ म, एक्लै रुमल्लिनु थियो।
किन यसरी, विना अर्थले, माया मार्यौ।

चाहेको पाउन गार्हो छ, पाएको गुमाउनु छ।…२
आँखाभरि, आँसु लिई रोएर, हत्केलाले भित्ता समाउनु छ।
किन यसरी, विना अर्थले, माया मार्यौ।
व्यथाको दुनियामा, किन मलाई, एक्लै छाड्यौ।

हृदय घृणाले दुख्छ, पीडाहरु भित्र नै लुक्छ।…२
तोडेको मुटुलाई, जोडेर, आफैले सम्हाल्नु पर्ने छ।
किन यसरी, विना अर्थले, माया मार्यौ।
व्यथाको दुनियामा, किन मलाई, एक्लै छाड्यौ।
मायाको अर्थलाई, यसरि तौलिदियौ।
जहाँ म, एक्लै रुमल्लिनु थियो।

किन यसरी, विना अर्थले, माया मार्यौ।
व्यथाको दुनियामा, किन मलाई, एक्लै छाड्यौ।
किन यसरी, विना अर्थले, माया मार्यौ। 

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"

Yo Mero Topi Ho By Gopal Yonjan