Labels

Top Songs Lyrics Of Pramod KHarel's Songs Part 2 "Samayara Timile" "Khai Jaalma Parera" "Yo Jharima Timi Sangai"


    Samayara Timile

Singer : Pramod Kharel

समाएर तिमीले, छोड्यौ हात किन।
मुटु साटी तिमीले, गर्‍यौ घात किन।]…२
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, रुवाउनु किन।...२

[पिठँयुबाट हान्यौ छुरा, बोल्न सम्म पाइन।
हेर्दा हेर्दै पराई भयौ, रोक्नै सकिन।]…२
एकोहोरो भयो मन, आँशु थामिएन।
जतिसुकै सोचे पनि, कारण भेटिएन।
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, अल्झाउनु किन।…२

[दुनियाँको नौलो जोडी, बन्ने कुरा गर्थ्यौ।
बाँचुन्जेल साथ दिन्छु, मर्छु सँगै भन्थ्यौ।]…२
मरिहत्ते किन गर्‍यौ, छाडी जाने भए।
त्यस्तो साईनो किन जोड्यौ, तोडी लाने भए।
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, रुवाउनु किन।…२


TNepali Songs Lyrics nepali song lyrics and chords" "


   Khai Jaalma Parera

Singer : Pramod Kharel

खै जालमा परेर गई कि, पारेर गई।...२
कसरि भनु, मरेर गई।...२
मरेर गई कि, मारेर गई।
खै जालमा परेर गई कि, पारेर गई।

नयनको त्यो मदिरा…३ मागे, पिलाइदीइ…२।
बिचरीले, सध्य बानी बिगारेर गई।...२

ओढेर आएको त्यो, इमानको च्यादर ..२।
ओढेर आएको त्यो, इमानको च्यादर। ....२
इमानको च्यादर।
आज उसले यतै कतै उतारेर गई।...२

उज्यालो देखि सायद...३।डराउँछे होला उ...२।
मध्यरातमा किन ढोका उघारेर गई। ... २
कसरि भनु, मरेर गई।
मरेर गई कि, मारेर गई।
खै जालमा परेर गई कि, पारेर गई।    


TNepali Songs Lyrics nepali song lyrics and chords" "


   Yo Jharima Timi Sangai

Singer : Pramod Kharel

यो झरीमा तिमीसंगै, रुझ्न पाए जाती हुन्थ्यो।...२
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाए जाति हुन्थ्यो।

[ओढ्ने अरु केहि नहोस, ओरपर गाउँ नहोस।
गड्य़ाङ्-गुडुंग गर्दाखेरी, कतै लुक्ने ठाउँ नहोस।]...२
तिम्रैवरको आधा-आधा ओढ्न पाए जाती हुन्थ्यो।
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाए जाती हुन्थ्यो।

[आंधीबेरी आओस बरु, मनभरि बाढी आओस।
बगाउँदा बगाउदै, बरु कतै छाडी जाओस।]...२
ऒत लाग्ने ठाउँ कतै, नभैदिए जाती हुन्थ्यो।
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाएजाती हुन्थ्यो।


TNepali Songs Lyrics nepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan