Labels

Rabin Sharma Top Six Songs Lyrics " Aafailai Bhaar Bhayo" "Phool Jharepani Kanda Jhardaina" " Rato Ra Chandra Surya " " Kun Mandir Ma" " Mann Ka Sabai" " Harsha Le Mann Mero"


   Aafailai Bhaar Bhayo

Singer : Rabin Sharma

आफैलाई भार भयो, आज आफ्नै जिन्दगी।…२
कहाँ गई बिसाऊँ म, निरस यो जिन्दगी।
आफैलाई भार भयो, आज आफ्नै जिन्दगी।

जहाँ जाऊ म लुटिन्छु सधैँ, आफन्तबाट ठगिन्छु म।...२
बिना मोलतोल यसै…२, जथाभावी बेचिन्छु म...२।
बेवारिशे लाश जस्तै, हेला भयो जिन्दगी।

नटुसाउदै गली मर्छन, मेरा मनका इच्छाहरु। …२
काढै-काढा बिच्छेको छ…२, मैले टेक्ने ठाउँ हरु…२।
टुहुरोको आँसु जस्तै, सस्तो भयो जिन्दगी।
कहाँ गई बिसाऊँ म, निरस यो जिन्दगी।

आफैलाई भार भयो, आज आफ्नै जिन्दगी।


Thisnepali song lyrics and chords" "


    Rato Ra Chandra Surya

Singer : Kiran Pradhan, Rabin Sharma, Sunita Subba

रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो।
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।]…२

[हिमाल झै अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिले, जङ्गी निशान हाम्रो।]…२
यो जन्मदै जगतमा, कयौ प्रहार आए।
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।

[जबसम्म चन्द्र - सुर्य, आकाशमा रहन्छन।
तब सम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो।]…२
गाई सरी छन साधु ,जो जो यहाँ जगतमा।
सबको शरण बलियो,  जङ्गी निशान हाम्रो।

रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो।
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।


Thisnepali song lyrics and chords" "


    Harsha Le Mann Mero

Singer : Rabin Sharma

हर्षले मन मेरो झुमेको छ। ...२
जीवनमा नया घाम लागेको छ।
आज सारा शरिर भरि, खुशीको लहर छायाको छ।
हर्षले मन मेरो झुमेको छ।] ...२

हो हो हो होहो ....
[पवन पनि रोकिरोकी, मेरो साथ हिडी रहेछ।
सागर पनि उर्लिउर्लि, मेरो नजिक आइ रहेछ।] ...२
कस्लाई बाडु आज म हासो ...२ , अधर भरि उम्ली रहेछ।
आज सारा शरिर भरि, खुशीको लहर छायाको छ।
हर्षले मन मेरो झुमेको छ।

[मैले मेरो जीबन पाए, उसले आफ्नो सपना पाइन।
सुनाइ दिनु ए बसन्त, धर्ति आकाश सारालाई।] ...२ 
कस्लाई बाडु मेरो चाहना...२ , अधर भरि छल्कि रहेछ।
आज सारा शरिर भरि, खुशीको लहर छायाको छ।
हर्षले मन मेरो झुमेको छ। ...४ 


Thisnepali song lyrics and chords" "


     Kun Mandir Ma

Singer : Rabin Sharma

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो।
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो।]…२
कुन मन्दिरमा जान्छौ यात्री।

हाड हरुको सुन्दर खम्बा, मांशपिण्ड को दिवार।
मष्तिस्क को सुनको छाना, इन्द्रिय हरुको द्वार।
नशा नदीका तर-तरंग, मन्दिर आफु अपार।
कुन मन्दिरमा जान्छौ यात्री।

साथी-यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ।
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात।
छुन्छ तिलष्मी करले उसले, सेवक हरुको माथ।
कुन मन्दिरमा जान्छौ यात्री।

फर्क-फर्क हे जाऊ समाऊ, मानिस हरुको पाऊ।
मलम लगाऊ आर्थ हरुको, चहराई रहेको घाऊ।
मानिस हरु भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ।
कुन मन्दिरमा जान्छौ यात्री।

सडक किनारा गाउँछ ईश्वर, चरा हरुको तानामा।
बोल्दछ ईश्वर मानिसहरुको, पिडा दुखको गानामा।
दर्शन किन्तु कहीं दिदैन, चर्मचक्षुले कानामा।

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो।
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो।
कुन मन्दिरमा जान्छौ यात्री।


Thisnepali song lyrics and chords" "


  Phool Jharepani Kanda Jhardaina

Singer : Rabin Sharma, Tara Thapa

A                           D
[फूल झरेपनी, काँडा झर्दैन।
D                   E          A
म मरे पनि मेरो, माया मर्दैन।…२
A
तारा झरेपनी, जुन झर्दैन।
D                   E          A
म मरे पनि मेरो माया मर्दैन।…२]…२

A                                       Bm
गिलासको पानी जस्तो, माया पोखिदैन।…२
D               E              A
सुन जोख्ने तराजुमा, माया जोखिदैन।…२
A                                  Bm
ऋतु जस्तो मेरो माया, कहिले फेरिदैन।…२
D                 E          A
सस्तो प्रेमपात्र मा, माया लेखिदिन।…२

फूल झरेपनी, काँडा झर्दैन।
म मरे पनि मेरो, माया मर्दैन।…२
तारा झरेपनी, जुन झर्दैन।
म मरे पनि मेरो माया मर्दैन।…२

मेरो माया पिपलको पात जस्तो हैन।…२
मन संगै मेरो माया, कहिले बहकिन्न।…२
मेरो माया गुलाफको, फूल जस्तो होइन।…२
मनमा फुल्छ भीरपाखा, बनमा फुल्दैन।…२

[फूल झरेपनी, काँडा झर्दैन।
म मरे पनि मेरो माया मर्दैन।…२
तारा झरेपनी, जुन झर्दैन।
म मरे पनि मेरो माया मर्दैन।…२]…२  


Thisnepali song lyrics and chords" "


     Mann Ka Sabai

Singer : Rabin Sharma

A                                                 E
[मनका सबै बोझहरु, बिसाईदेउ न बिन्ती।…२
A                F#m                A
रिसाउँदा झनै राम्री…२, रिसाईदेउ न बिन्ती। ]…२

A                F#m                     A      D
[गुलावी ति गालाभरि, अझ लाली छाओस।
D                  E        D                 A
आँखाभरी जवानीको नशा सल्बलाओस। ]…३
A                                          E
अर्थ मौन ओठहरु, फ़ुकाईदेउ न बिन्ती। …२
A                F#m                A
रिसाउँदा झनै राम्री…२, रिसाईदेउ न बिन्ती।

[बादलु ति केशहरु, हिमालमा छर्दै।
हृदयमा फ़ुल्छौ तिमी बाहिर आँखा तर्दै ]…३
यस्तो कला मलाई पनि, सिकाईदेउ न बिन्ती।…२
रिसाउँदा झनै राम्री…२, रिसाईदेउ न बिन्ती।

मनका सबै बोझहरु, बिसाईदेउ न बिन्ती।…२
रिसाउँदा झनै राम्री…२, रिसाईदेउ न बिन्ती।


Thisnepali song lyrics and chords" "


Yo Mero Topi Ho By Gopal Yonjan