Labels

Raj Sigdel Top Seven Songs Lyrics " Yo Ta Jaali Sahar Ho" " Aankhama Kunai Sapana" " Chwassa Bijhne Timro Maya" "Chwassa Bijhne Timro Maya" " Bhulna Khojera Pani"


    Yo Ta Jaali Sahar Ho

Singer : Raj Sigdel

यो त जाली शहर हो प्रिया…४

यो त जाली शहर हो प्रिया, यहाँ लाजहरु बेचिन्छन।
हर साँझहरु बेचिन्छन।
म त, सबथोक बेचेर…४ , तिम्रै हुने रहर हो प्रिया…२।
यो त जाली शहर हो प्रिया।

म आगो छोएर भन्छु, म पानी छोएर भन्छु।…२
मेरो सपनि हरुमा आउने, तिम्रै अधर।
अधर हो प्रिया, अधर हो प्रिया।
यो त जाली शहर हो प्रिया।

तिम्रै हुने रहर हो प्रिया…२।

हरचोटहरु सहेर, म रित्तो बगर भएर।…२
जहाँ तिमी विना म बाँच्दै छु, प्रिया।
न त्यो मन्दिर हो, न घर हो प्रिया।
यो त जाली शहर हो, प्रिया।

Thisnepali song lyrics and chords" "


   Aankhama Kunai Sapana

Singer : Raj Sigdel

आँखामा कुनै, सपना छैन।…२
सुखको स्वर्ग, त्यो मेरो होइन।
रेटेर गयौ, यो दिल टेकेर गयौ।…२
सबै के भयौ, तिमी मेरो भैनौ।
आँखामा कुनै, सपना छैन।
सुखको स्वर्ग, त्यो मेरो होइन।

[तिम्रो छचल्किने जवानी बेग्लै।
हेरेर रमिता, थाकें म एक्लै।]…२
तिमीले त प्यालामा पियौ जवानी।…२
आँसु पिएर, माते म एक्लै।
रित्तो यो मनमा, रहर छैन।
खुशीको वर्षा, त्यो मेरो होइन।
रेटेर गयौ, यो दिल टेकेर गयौ।…२
सबै के भयौ, तिमी मेरो भैनौ।
आँखामा कुनै, सपना छैन।
सुखको स्वर्ग, त्यो मेरो होइन।

[तिम्रो रहरको, शहर बेग्लै।
मेरो जिन्दगीको, कहर बेग्लै।]…२
तिमीले त हिरामा साट्यौ जवानी।…२
चर्कियसि साँझै, भत्कें म एक्लै।
नदुखेको कुनै, प्रहर छैन।
सपनाको महल, त्यो मेरो होइन।
रेटेर गयौ, यो दिल टेकेर गयौ।…२
सबै के भयौ, तिमी मेरो भैनौ।
आँखामा कुनै, सपना छैन।
सुखको स्वर्ग, त्यो मेरो होइन।


Thisnepali song lyrics and chords" "


    Chwassa Bijhne Timro Maya

Singer : Raj Sigdel

च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२
अरुलाई नै माया रोग…२, सार्दिम-सार्दिम लाग्छ…२।
च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२

तिम्रै कारण, जो देख्यो, उसकै माया लाग्छ अचेल।…२
दिलको घरमा…२, कोठै-कोठा, बार्दिम-बार्दिम लाग्छ।
च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२

मेरो माया मारेझै, तिम्रो नि माया मारेर।…२
मलाई जस्तै…२, तिम्लाई गार्हो, पार्दिम-पार्दिम लाग्छ…२।
च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२
अरुलाई नै माया रोग…२, सार्दिम-सार्दिम लाग्छ…२।
च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२      


Thisnepali song lyrics and chords" "


     U Jitera Gai

Singer : Raj Sigdel

ऊ जितेर गई, या हारेर गई।
नतिजा आफै तिर, पारेर गई।]…२
हिजो निम्ता दीई, बस्न दिलमा।…२
आज काँढे तारले, बारेर गई।
ऊ जितेर गई, या हारेर गई।
नतिजा आफै तिर, पारेर गई।

प्रीतको एउटा फूल थियो, बगैचामा।…२
आकाशबाट असिना, झारेर गई।…२
बाँच्दै त थिए, घायल नै भएपनि।
मुस्कान को छुरा रोपी, मारेर गई।
ऊ जितेर गई, या हारेर गई।
नतिजा आफै तिर, पारेर गई।

रोपेर प्रेम को फूल यो, मेरो मनमा। ... २
हुर्काई अन्तै सारेर गई।…२
पर्खिए मनको ढोका उघारी।
ऊ भोली भन्दै, टारेर गई।

[ऊ जितेर गई, या हारेर गई।
नतिजा आफै तिर पारेर गई।]...२
हिजो निम्ता दीई, बस्न दिलमा।…२
आज काँढे तारले, बारेर गई।
ऊ जितेर गई, या हारेर गई।
नतिजा आफै तिर, पारेर गई।…३ 


Thisnepali song lyrics and chords" "


    Bhulna Khojera Pani

Singer : Raj Sigdel

भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।…२
कहाँ बगैँचा मनको…२, सजाउन सकियो।
बितेको पल यहीँ, परेली भित्र थियो।
चिम्लेर आँखा कहाँ, निदाउन सकियो।
भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।

उस्तै त थियो घर, उस्तै आगनी लाग्यो।…२
उस्तै नै थियो जून…२, उस्तै बिहानी छायो।
चैत्रको बतास उस्तै, उस्तै वैशाख थियो।
मनलाई तर कहाँ, सम्झाउन सकियो।  
भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।

समय बग्दो खोला, कहाँ कहिले फर्कियो। ... २
सम्झना पो साँचेर...२, दिल आफ्नो चर्कियो।
हिजोको कुरा सारा, सपना भैसक्यो।
जानेर पनि कहाँ, समाउँन सकियो।

भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।
कहाँ बगैँचा मनको…२, सजाउन सकियो।
बितेको पल यहीँ, परेली भित्र थियो।
चिम्लेर आँखा कहाँ, निदाउन सकियो।
भुल्न खोजेर पनि कहाँ, भुल्न सकियो।


Thisnepali song lyrics and chords" "


       Ma Ta Yasai Badnaam

Singer : Raj Sigdel

बदनाम, बदनाम …… बदनाम……. बदनाम

म त यसै बदनाम, बदनाम, बदनाम थिएँ नि।…३
किन बढायौ तिमीले... २, मेरो बदनामी…४।
म त यसै बदनाम बदनाम बदनाम थिएँ नि।

छोट्टाउदै थिए मेरो जीवन यात्रा पनि।...२ 
झनै दुखायौ, बढायौ, पीडाको कहानी।...२
म त यसै बदनाम, बदनाम, बदनाम थिएँ नि।

भत्किएको जीवन मेरो, के रह्यो र बाँकी।...२
कति मार्छेउ हे निष्ठुरी, पलपल मर्दा पनि।...२

म त यसै बदनाम बदनाम बदनाम थिएँ नि।
किन बढायौ तिमीले... २, मेरो बदनामी…४।
म त यसै बदनाम, बदनाम, बदनाम थिएँ नि। 


Thisnepali song lyrics and chords" "



      Timro Mitho

Singer : Raj Sigdel

तिम्रो मिठो मुस्कानमा, अल्झिदा पो दुखें…२।
तिम्रो मिठो मुस्कानमा, अल्झिदा पो दुखें…२।
तिम्रो मिठो मुस्कानमा, अल्झिदा पो दुखें…२।

नसम्झीदा ठिकै थिएँ, सम्झीदा पो दुखें…२।
तिम्रो मिठो मुस्कानमा, अल्झिदा पो दुखें…२।

मायाप्रिती हाँसो-खुशी, चटक्कै भुलेर।…२
निदाउँदा त सन्चै थिएँ, बिउझिदा पो दुखें…२।
तिम्रो मिठो मुस्कानमा, अल्झिदा पो दुखें…२।

बगेपछि नफर्किने, खोला रैछौ तिमी। ... २
ऋतु बनि आऊछेउ भनि, कल्पिदा पो दुखें।

तिम्रो मिठो मुस्कानमा, अल्झिदा पो दुखें…२।
तिम्रो मिठो मुस्कानमा, अल्झिदा पो दुखें…२।


TNepali Songs Lyrics nepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan