Labels

RamKrishna Dhakal Hits Song Collection Parts One


Ajhai Pani Lajau Chau
अझै पनि लजाउछेऊ, बेहुली झैँ उसैगरी।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।
आधा उमेर बितिसक्यो, जिन्दगीको यसैगरी।
खुशी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरि।
अझै पनि लजाउछेऊ।

रहर मात्र कहाँ फ़ुल्छन, बाधा पिर बिझिदिन्छन।...२
हास्दा हास्दै आँखा भरि, चोट हरु छल्किदिन्छन।...२
गुलाबी ति अधरमा लुकाएरै फेरी।
अझै पनि बाढदछेऊ, सुख हरु उसैगरी।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।

धेरै ईच्छा सम्झौतामा कुर्दा पनि खुशी हुन्छेऊ।...२
अति पिरे वेदनाले, एकान्त मै रोई दिन्छेऊ।...२
उदासीको बोझलाई, हृदय मै गाँठो पारी।
अझै पनि माया गर्छेऊ, मलाई तिमी उसै गरि।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।
आधा उमेर बितिसक्यो, जिन्दगीको यसैगरी।
खुशी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरि।
अझै पनि लजाउछेऊ।


Thisnepali song lyrics and chords" "


Barshatma Uni Runda
बर्षातमा उनि रुँदा, झरी बनु लाग्यो।...२
केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...२

नौनी जस्तो शरीर उनको, सबै तिर रुझ्यो।...२
कल्कलाउदो वैश रूझ्दा, काउकुति नै चल्यो।
रुझेका ति कोमल अंग, हेरी रहुँ लग्यो।...२
केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...२

कतिधेरै भाग्यमानी, त्यो बर्षीने पानी।...२
छिल्लिएर गिज्याउन्दै, गर्छ मनमानी।
बर्षातको चाला देख्दा, लौन डाहा लग्यो।...२
केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...२

बर्षातमा उनि रुँदा, झरी बनु लाग्यो।...२
केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...३  


Thisnepali song lyrics and chords" "


Kun Hurile
कुन हुरीले कता उडाई, कहाँ कहाँ छुटें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।]…२
कुन हुरीले कता उडाई।

[यस्तो लाग्छ कहिलेकाहीं, अझै ठुलो घाऊ होस।
माया गर्ने निष्ठुरीको, यहि छातीमा पाऊ होस।]…२
दिने माया सबै दिएँ, तर कहाँ चुकें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।
कुन हुरीले कता उडाई।

[भन्ने हरु भन्छन मलाई, फलानो छ धेरै खुशी।
साथी संगी हजार हजार, बाच्ने खुबी कतिकति।]…२
आफन्तकै न्यानो चोटले, कहाँ कहाँ टुटे म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।

कुन हुरीले कता उडाई,कहाँ कहाँ छुटें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।
कुन हुरीले कता उडाई।   


Thisnepali song lyrics and chords" "


Aansu Deu Ya Hanso
आँशु देऊ या हाँसो,जीवन देऊ या पासो।…२
तिमीलाई माया गरिसकें, तिमीलाई नै…२।
हो हो हो...

खहरे भै मेरो माया, तिमीमै पुग्न आउँछ।…२
सागर भई समेटि देऊ…२, यो जीवनले लक्ष्य पाउँछ।
माथ देऊ या साथ, लक्ष्य देऊ या घात।…२
तिमीलाई माया गरिसकें, तिमीलाई नै…२।

तिम्रै त्यो अंगालोमा, पिरती यो फुल्न पाओस…२।
लहरा भई अंगाली देऊ…२, जीवन यो झुल्न पाओस।
फूल देऊ या काँडा, मनमा राख या टाढा…२।
तिमीलाई माया गरिसकें, तिमीलाई नै…२।
हो हो हो .......


Thisnepali song lyrics and chords" "


Timi Aayenau
पात झरी, रुखो भयो समी, तिमी आईनौ…५।
मन यो डढी, राख भयो अति, तिमी आएनौ…५।

साँझ पर्यो, दिन यो ढल्यो, चराहरु फर्के बासमा।
हो…आँसु सुक्यो, आश मर्यो, आश अड्यो सासमा।
पहिरो खस्यो, मनमा कतिकति, तिमी आईनौ।
तिमी आएनौ….२, तिमी आईनौ….२।

तिम्रो लागि, ज्यानै पनि, हत्केलामा राखिदिन्थे म।
हो…संगै जिउने, चाह बोकी, तिम्रो बाटो सधै कुर्थे म।
सपना टुटी, सुन्य भयो कति, तिमी आएनौ।
तिमी आईनौ, तिमी आएनौ,तिमी आईनौ….२।


Thisnepali song lyrics and chords" "


Hamro Sundar Sansar
हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो।
दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो।
अब हाम्रो माया, आकाश धर्ती भयो।…२]…२

हरियाली बनपाखा को, भेट हाम्रो आलै थियो।…२
चढाएको भाकल हाम्रो, देउरालीलाई थाहै थिहो।
बिहानीको शीत जस्तै चोखो हाम्रो माया थियो।
तर हाम्रो माया, दुई किनार भयो।…२

चखेवाको जोडी जस्तै, हाम्रो माया उड्ढै थियो।…२
हुरी बतास चलेपनि, दुई आत्माको जित नै थियो।
कहिले हास्ने कहिले रुने, यस्तै हाम्रो माया थियो।
तर हाम्रो माया, दुई किनार भयो।…२

हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो।
दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो।
अब हाम्रो माया, आकाश धर्ती भयो।…३ 


Thisnepali song lyrics and chords" "


Hira Katne Hiraima Rakhera
हिरा काट्ने हिरैमा राखेर।
दुख काट्ने, दुखैमा हासेर।
भन्न सजिलो, धेरै सजिलो।
कसले पो बुझ्छ र, मनको पहिरो।
दैब छोडेर, दैब छोडेर।…२

[दुई छेऊ सिक्काको झै, सुख दुख सरोबरी।
हुन्न रैछ कहिले पनि, सबैलाई बरोबरी।]…२
आफ्नो दुख पहाड भन्छन, अरुको तराई।
गार्है पर्दो रैछ बाच्न, भित्री मन जलाई।

हिरा काट्ने हिरैमा राखेर।
दुख काट्ने, दुखैमा हासेर।
भन्न सजिलो, धेरै सजिलो।
कसले पो बुझ्छ र, मनको पहिरो।
दैब छोडेर, दैब छोडेर।…२

[कहिले प्रीतको फूल पनि, बिष लाग्ने बन्छ पासो।
एउटाको आँसु झर्दा, अर्कोको छुट्छ हाँसो।]…२
सकिदैन बनाउन, मन जाँच्ने कसी।
बेग्लाबेग्लै हुन्छ क्यारे, भाग्य लेख्ने मसी।

हिरा काट्ने हिरैमा राखेर।
दुख काट्ने, दुखैमा हासेर।
भन्न सजिलो, धेरै सजिलो।
कसले पो बुझ्छ र, मनको पहिरो।
दैब छोडेर, दैब छोडेर।…२  


Thisnepali song lyrics and chords" "


Pahad Ko Chuk Chuke Rail
पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।…२ 
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।
 आँखाभरी सपना थ्यो, मन भरि आशा।
माया हाम्रो खै के भयो, छायो नि निराशा।
सिरमा उनकै टोपी चिनो, पाउमा पाउ पोश।
दिलमा उनकै फूल राखें, कस्लाई दिने दोष।

पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।

दौरा-सुरुवाल पटुकिमा, खुकुरी छ छड्के।
कुन दैव लाग्यो मलाई, लाग्यो नजर कर्के।
आँखा मेरो हेरी रहन्छ, नौ डाँडा पारी।
फर्कने त आशै छैन, गयो माया मारी।

पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।

छुटयो हजुर रोक्दै नरोकी,गयो माया देख्दै नदेखी।…२


Thisnepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan