Labels

Super Hits Song's Lyrics Collection Of Ramkrishna Dhakal Parts two


[Dil Ko Kura
दिलको कुरा नगर दिलमाया, धेरै भयो सिशा झैँ फुटेको।...२
आगो पानी संग-संगै बस्दैनन। ...२
जाती भयो तिमीसंग छुटेको। ...२

फूलजस्तै मुस्कुराई हासी-हासी आयौ। ...२
फूलको जोवन जलाएर तिम्ले आगो लायौ।
सुनको कुरा नगर सुनमाया।
सुनको मान्छे, फलामको विचार।
अघि-अघि फूलको बयान। ...२
पछि-पछि छुराको प्रहार। ...२

मन परुन्जेल, मेरो हिरा मेरो हजुर भन्यौ। ...२
आफ्नो मनमा ताल्चा लायौ, पराइ कुरा सुनेउ।
मनको कुरा नगर मनमाया,
मन मारेर मनबाट गयसी।
आफ्नो-आफ्नो अलगै बाटो भो। ...२
एउटै बाटो दोबाटो भएसी ...२

दिलको कुरा नगर दिलमाया,धेरै भयो सिशा झैँ फुटेको।
आगो पानी संग-संगै बस्दैनन। ...२
जाती भयो तिमीसंग छुटेको। ...२


Thisnepali song lyrics and chords" "


[Orali Lageko
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि, मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।...२]...२

[मुहारै राम्रो शिरिष जस्तो, जुनतारा हार खा को।
त्यो जोडी देख्दा, सबैले भन्थे, इश्वरकै वर पा को।]...२
माया त रैछ धारिलो छुरा, रेटिनै पर्यो नि...२।
बासै उठाउने, कस्तो यो खेल भो?
जीवनमा धेरै-धेरै, धेरै नै झेल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।...२

[सबैको देख्छु हासी र खुशी, सिखर को बाटोमा।
आफ्नो त बरै, भाग्य नै फाट्यो, मायाकै फाटोमा।]...२
दुइ-चार दिनको त्यो मृगतृष्णा, के  देख्नु पर्यो नि...२।
झिरै मा उनेको, माछी झैँ हाल भो।
जिन्दगी देखि अब, खुशी नै पार भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।...२

ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि, मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।...५ 


Thisnepali song lyrics and chords" "


[Phool Bhancha
फूल भन्छ फुलि रहुँ जुन भन्छ चम्कि रहुँ।...२
मन त भन्छ सबैसङ्ग माया-मोह राखि रँहु।
बाँचुन्जेलीलाई...४

नदी भन्छ बगी रहुँ, सृष्टि भन्छ चलि रहुँ।...२
मन त भन्छ सबैसङ्ग माया-मोह राखि रँहु।
बाँचुन्जेलीलाई...४

[नपरोस् बचनले घोच्न, बरु ओठ सिएरै बस्छु।
बिझाउँदिन आँखाहरुमा बरु आफैं उडि दिन्छु।]...२
कसैको दुखमा हासँदा, कस्लाई पो शान्ति मिल्छ।
सपना त सपना हो, बिपनीमा रित्ति हाल्छ।
बिपनीमा रित्ति हाल्छ।
बाँचुन्जेलीलाई...४

[नपरोस् टुटेर जाने, कसम र किरिया खान।
नपरोस् छिन भरको लागी, झिनो साहारा बन्न।]...२
सुन झै सुन्दर तारा, कस्ले पो टिप्या छ र।
मरे पछिको स्वर्ग, कस्ले पो देख्या छ र।
कस्ले पो देख्या छ र।
बाँचुन्जेलीलाई...४


Thisnepali song lyrics and chords" "


[Malai Yo Jindagile
मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।...2
कहीले हसायो, कहीले रुवायो।...2
आफ्नै संग छुटाएर एक्लो बनायो।
मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।...2

[धरै हीडे बाटो हरु, धेरै तरे खोला।
आफ्नै संग बीछोढिने कस्तो भाग्य होला?] ...२
नीयति को घाम-पानीले पोल्यो रुझायो।
मिठा मिठा सपना पनि यस्ले उढायो।
मलाई यो ज़िन्दिगीले कहाँ पुरायो। ...२

[जता टेकु काढै-काढा, टेक्ने ठाउ छैन।
पराई भै बाच्न मलाई अब मन छैन।] ...२
कता छुटे रहर, कहाँ खुसी हरायो
किन होला विधाताले आशु जुरायो
मलाई यो ज़िन्दिगीले कहाँ पुरायो। ...२

कहीले हसायो, कहीले रुवायो।...2
आफ्नै संग छुटाएर एक्लो बनायो।
मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।...2


Thisnepali song lyrics and chords" "


[Charile Ta Chadera Gai Gayo
चरिले त छाडेर गैगयो, गैगयो।
[सम्झना चै डालीमा रही रह्यो] ...२
नाता टूटयो पराई भैगयो, भैगयो।
[एउटा नाता मनमा चै रही रह्यो।]...२

[संगै संगै हिड्ने मान्छे भयो पर पर।] ...२
मनमा चाही उसकै रुप अल्झी रह्यो तर।
[सुख पनि मन रैछ दुख पनि मन।]...२
[मनै दुखि भए पछी के गर्नु र धन।]...२
उ त डाडा काटेर गइ गयो, गइ गइयो।
[सम्झना चै डालीमा रही रह्यो।]...२

[जति बिर्सु भने पनि याद उसकै हुन्छ]...२
ओठ भरी हासे पनि भित्रि मन रुन्छ।
[घाउ लाग्यो मनको मुटु कुटु कुटु खाने।]...२
[नरोएर जाने हजुर नधोएरै जाने।]...२
आफ्नो आगंन बिरानो भैगयो, भैगयो।
[सम्झना चै डालीमा रही रह्यो।]...२
नाता टूटयो पराई भैगयो, भैगयो।
[एउटा नाता मनमा चै रहीरह्यो।]...२


Thisnepali song lyrics and chords" "


[Nabolau Kasailai Yahan Rati Rati
नबोलाउ कसैलाई यहाँ राती-राती।...३
होशमा हुदैनन...२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

गन्दैन एक्लो जुनलाई कसैले।...३
तारा गन्ने चलन, यहाँ राती-राती।...२
होशमा हुदैनन...२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

हुदैन जसको, बिपनानै आफ्नो।..3
आउदैन सपना ,पनि राती-राती।...२
होशमा हुदैनन...२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

उज्यालोमा बद्नाम, आँखा हरु हुन्छन।...३
नहुने के रैछ, यहाँ राती-राती।...२
होशमा हुदैनन्...२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

दिनभरि खाए तिमीसंग कसम।...३
लडखडाउदै आए, सधै राती-राती।...२
होशमा हुदैनन्...२ कोहि राती-राती।
नबोलाउ कसैलाई यहाँ राती-राती।...२
यहाँ राती-राती।...४


Thisnepali song lyrics and chords" "


[Aauchu Bhani Papinile
आउछु भनि पापिनीले भर किन पार्नु।...२
ज्यानै दिने बाचा गरि, माया किन मार्नु।...२
आउछु भनि पापिनीले भर किन पार्नु।

[झल्को आउँदा अतितको फुट्न खोज्छ छाती।
चिच्याउने रैछु उसको नाम लिदै राती।]...२
नाम लिदै राती।

सुकाएरै मार्ने भए, फूल किन सार्नु।...२
आधा घाटमा, खोला किन तार्नु।...२
आउछु भनि पापिनीले भर किन पार्नु।

[मेरो खबर उसैकहाँ पुर्याइदेउन कोहि।
तिम्रै यादमा मर्छक्यारे, भनिदेउन रोई।]...२
भनिदेउन रोई।

उसले जिती जीवनमा, मैले पर्यो हार्नु।...२
एकै छाक भएपनि, भन्देउ नुन बार्नु।...२

आउछु भनि पापिनीले भर किन पार्नु।...२
ज्यानै दिने बाचा गरि, माया किन मार्नु।...२
आउछु भनि पापिनीले भर किन पार्नु।


Thisnepali song lyrics and chords" "


[Bihana Uthne Bittikai
बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस।
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस।]...२

नेपाली श्रम र सिपको प्रवाह दिगन्त फैलियोस।...२
मलाई टेकी खुड्किलो, यो देश माथी उक्लियोस।
नेपालको म सन्तती, सगर्व भन्न पाइयोस...२।

मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौ।...२
छ कामना यो मेरो, बरु म नर्क मै परु।
जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस।
नेपाली भन्न पाइयोस।

यो सुर्य चन्द्र को ध्वजा, मेरै रगतले रंगियोस।...२
यहीको जल अन्जुली भर निलेर मर्न पाइयोस।
स्वदेशको निम्ती, यो शिर चढाउन पाइयोस...२।

बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस।
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस...५।


Thisnepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan