Labels

Song "Ma Mare Pani Mero Desh" Lyrics By Singer : Shiva Shankar


[म मरे पनि मेरो देश, बाँची राखोस।
हिमालको टाकुरामा, नेपालीको पाखुरामा।
चन्द्र र सूर्य अंकित झन्डा, फर्फर नाची राखोस।
म मरे पनि मेरो देश, बाँची राखोस।...२

लालीगुराशको फूलमा, मेरै रगतको रङ्ग।
डाली डालीमा झुल्दछ, मेरै मनको तरङ्ग।
मेरो सारा अस्तित्व येही, धर्तीमा मिलेको छ ।
कदापी मर्दैन चाहे कसैले, मुटु नै चुंडी लगोस।
म मरे पनि मेरो देश, बाँची राखोस।...२

मर्छु देशको निम्ती, गर्दै मरी मरी काम।
अर्पित गर्छु आफ्नो जीबन, यो देशलाई तमाम।
येही एउटा धोको छ, चाह अरु केहि छैन ।
म मरे पनि यो मेरो प्यारो, हिमाल हांसी राखोस।
म मरे पनि मेरो देश, बाँची राखोस।...२   

आफ्नो गीतहरुमा मैले, कल्पना लाखौ पोखें ।
स्वदेशलाई माथि उचाल्ने, सपना हजारौ देखें।
फलोस फुलोस यो देश सँधै, येही नै मेरो कामना ।
म मरे पनि यो देशले मेरो, सपना साँची राखोस।
म मरे पनि मेरो देश, बाँची राखोस।...२

Thisnepali songs chords and lyrics nepali worship song lyrics parana nepali song lyrics rang nepali song lyrics galbandi lyrics nepali song nepali song 2018 lyrics nepali song kal kal khola lyrics

Yo Mero Topi Ho By Gopal Yonjan