Labels

Top Nineteen Songs Lyrics collection Of Udaya Sotang


  Ukali Chadhaula, Orali Jharaula

Singer : Manila Sotang, Udaya Sotang

C              Am  C              Am
उकाली चढौला, ओराली झरौला।
C                      Am       C               Am
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला।
Dm            F         G             C
तिम्रै लागि हो भने, ज्यानै दिदिउला। …२

C                   C                     Am
भनौ भने जिन्दगीमा, धेरै रूप देखे।…२
F                          G                 G
तर मुटु भित्रै बस्ने, तिमी मात्रै भेटे ....हो ।
C               Am      C                Am
जे भन्छौ मानौला, बाचा नि गरौंला।
C                Am     C                 Am
तामा-तुल्सी छोएर, कसम नि खाऔला।
Dm            F          G                C
तिम्रै लागि हो भने, ज्यानै दिदिउला।…२

कहिले झरे तलतल, कहिले पुगे माथि।…२
तिमी मात्रै भेटे मैले, जिन्दगीको साथी हो।
हिउ नि टेकौला, आगो नि छोउला।
तपस्या नै गर्नुपरे, त्यो पनी गरौला।
तिम्रै लागि हो भने, ज्यानै दिदिउला।…२

उकाली चढौला, ओराली झरौला।
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।…२
  


Thisnepali song lyrics and chords" "


   Kohi Bolima

Singer : Manila Sotang, Udaya Sotang

कोहि बोलीमा रस हुन्छ, कोहि बोलीमा रिस।…२
यहि बोलीले गर्दा पिउँछन, मानिसले बिष (राजै)…२।
अमृतको धारा हुन्छ, कोहि बोलीमा धार। …२
यहि बोलीले गर्दा छाती, हुन्छ वारपार (राजै)…२।
कोहि बोलीमा रस हुन्छ…हो।

दुख पर्दा हात दिन्छ, कोहि बोलीले घात।…२
यहि बोलीले गर्दा छुट्छन, मिठो मिठो साथ (राजै)…२।
कोहि बोलीमा रस हुन्छ, कोहि बोलीमा रिस।
यहि बोलीले गर्दा पिउँछन, मानिसले बिष (राजै)…२।
कोहि बोलीमा रस हुन्छ…हो।

जुनतारा खसाईदिन्छ, कोहि बोलीले फसाईदिन्छ।…२
यहि बोलीले  गर्दा आँखा, जीवनभर रसाउँछ।
कोहि बोलीमा रस हुन्छ…हो।
कोहि बोलीमा रस हुन्छ, कोहि बोलीमा रिस।…२
यहि बोलीले गर्दा पिउँछन, मानिसले बिष (राजै)…२।
अमृतको धारा हुन्छ, कोहि बोलीमा धार। …२
यहि बोलीले गर्दा छाती, हुन्छ वारपार (राजै)…२।
कोहि बोलीमा रस हुन्छ…हो।

अमृतको धारा हुन्छ…हो।
कोहि बोलीमा रस हुन्छ…हो।


Thisnepali song lyrics and chords" "


   Kahan Kahan Dukhcha Priya

Singer : Manila Sotang, Udaya Sotang

Am   C              Dm     F          G       C 
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।…२
C       G                F              Dm     F      C
छाती चिरी देखाउँ कि...२, मुटु भित्रै, लुकाउँ।
Am   C              Dm     F          G       C
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।

C         Am           C         F           G       C 
दुखाईको सीमा छैन, जहाँ मिचे नि, सन्चो हुँदैन।…२
C            Em             Am   Dm
केहि पल तिमी, नजिक भए देखी।
     F         G               C
अलिकति बिषेक, हुन्थ्यो की।…२
Am  C               Dm     F         G      C 
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।

C     Am               C            F        G          C
हरेक अंग मेरो डढिरहन्छ,नशा नशामा रगत,निख्रिसक्यो।
C         Em        Am     Dm
साह्रै टाढा भयौ, तिमी म देखि।
F            G       C
भेट हाम्रो, नहुने होकि।…२

Am   C              Dm     F          G       C
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।…२
C         G                F      Dm     F      C
छाती चिरी देखाउँ कि...२, मुटु भित्रै, लुकाउँ।
Am   C              Dm     F          G       C
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।
F            G      C
तिमीलाई, के बताउँ।…३ 


Thisnepali song lyrics and chords" "


                       Kahile Bhetu

Singer : Udaya Sotang

कहिले भेटुँ, कहिले छुटुँ।
कहिले रिसाउँ, कहिले फकाउँ।]...२
पिरतीको कुरै नगरौ।
यो त साह्रै, साह्रै,साह्रै,साह्रै झेल्ला हुन्छ।
यसले साह्रै, साह्रै,साह्रै,साह्रै सताउछ।
किन यस्तो हुन्छ।…३

[हजार चोट थोरै लाग्छ, न त काट्दा दुख्छ।
मुटु भित्रै गढ़िबस्छ, न धुँदा नि जान्छ। ]...२
प्रियशीको कुरै यस्तै हो।
यो त साह्रै, साह्रै,साह्रै, साह्रै झेल्ला हुन्छ।
यसले साह्रै, साह्रै,साह्रै, साह्रै सताउछ।
किन यस्तो हुन्छ।…३

[मन पर्नुले सीमा नाग्छ, मन उतै तिर जान्छ।
दुखै पनि मिठो लाग्छ, पिर टाढा भाग्छ। ]...२
मायालुको कुरै यस्तै हो।
यो त साह्रै, साह्रै,साह्रै, साह्रै झेल्ला हुन्छ।
यसले साह्रै, साह्रै,साह्रै, साह्रै सताउछ।
किन यस्तो हुन्छ।…३


Thisnepali song lyrics and chords" "


   Yesari Kasari Jaau

Singer : Udaya Sotang

यसरि कसोरी, म जाउँ रित्तै।
नलिई तिम्रो, कुनै एक निशानी।
हाहाहा….यसरि कसोरी, म फर्कु एक्लै।
नसाची एउटै, प्रेमको कहानी।
यसरि कसोरी।

तिम्रो साथ सधै, अति नै छ प्यारो।
तिमी विनाको, दुनिया अँध्यारो।
संसारको अर्थ, कसरि म खोजूँ।
एक्लै बाच्ने जीवन, कसोरी म रोजुँ।
यसरि कसोरी, म जाउँ रित्तै।
नलिई तिम्रो, कुनै एक निशानी।
यसरि कसोरी।

यो युद्द भए, जसरि नि जित्थे।
खेल मात्र भए, हारे जस्तो गर्थे।
यथार्थ यस्तो, सजिलो रहेन।
मनले चिताए, जस्तो भएन।

यसरि कसोरी, म जाउँ रित्तै।
नलिई तिम्रो, कुनै एक निशानी।
यसरि कसोरी, म फर्कु एक्लै।
नसाची एउटै, प्रेमको कहानी।
यसरि कसोरी।


Thisnepali song lyrics and chords" "


 
      Timi Chhau Ra Ta

Singer : Manila Sotang, Udaya Sotang

तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।…२
पलभर ओझल भयौ भने…२, जिन्दगी त्यसै नै गल्ने गर्छ।
तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।…२
एकपल टाढा भयौ भने…२, मनमा कुरा अनेकौ खेल्ने गर्छ।
तिमी,तिमी, तिमी।…२

माया भएर फैलिदिनु, मनको हरेक कुनाहरूमा।…२
शित बनेर झरिदिनु, मनको हरियो मुनाहरुमा।
तिमी,तिमी, तिमी।

विश्वासको पुल बाँधीदिनु, मनको सुन्दर झिल हरुमा।…२
मलम बनेर शितल दिनु, हरेक पीडाको खिल हरुमा।

तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।
एकपल टाढा भयौ भने…२, मनमा कुरा अनेकौ खेल्ने गर्छ।

तिमी,तिमी, तिमी।…२
  


Thisnepali song lyrics and chords" "


    Dhalkera Jala

Singer : Manila Sotang, Udaya Sotang

ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
रोएर होईन जीवनमा, हासेर बस्नु पर्छ है। 
माया त मिठो हुन्छ नि, दुई मुटुको मेलामा। 
झेल गर्नु चाही हुन्न है , पिरतीको खेलमा।]...२  
हो…. ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।

लाग्छ मलाई तिम्रो मुहार, नबिसाई हेरिरहुँ। 
जुनीजुनी नछुट्टीई, संगसंगै बाँचीरहुँ। 
अजम्बरी फूलहरुमा, तिमीलाई पाईरहुँ।...२ 
हासीहासी पिरतीको, फूलमाला लाईरहुँ।
ढल्केर जाला, हो जाला, हो जाला।
ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।  

भरहुन्न जिन्दगीको, रहरहरु पुरा गरौं। 
दुवै मिली संसारभरी, सिर्जनाको रंग छरौं।
भोलिहरु बिर्सिएर, जे जे गरौ आजै गरौँ।...२   
हतारोमा हुन्न जीवन, होश राखेर अघि बढौं।
ढल्केर जाला, हो जाला, हो जाला।

ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
रोएर होईन जीवनमा, हासेर बस्नु पर्छ है। 
माया त मिठो हुन्छ नि, दुई मुटुको मेलामा। 
झेल गर्नु चाही हुन्न है , पिरतीको खेलमा। 
ढल्केर जाला, हो जाला, हो जाला।...२
  


Thisnepali song lyrics and chords" "


                                 Timi Bato

Singer : Manila Sotang, Udaya Sotang

तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी।
तिमीबाट शुरु हुन्छ, मेरो खुशी उन्नति… हो।]...२ 

तिमीलाई भेटपछि, मेरो जिन्दगीमा। 
देउता संग माग्ने पनि, कुरै सिद्धियो। 
सबै दुख, सबै पिर, भुल्छु तिम्रो साथमा। 
बसन्त झैँ रमाउदै, हुन्छु तिम्रो काखमा…हो।

तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी।
तिमीबाट शुरु हुन्छ, मेरो खुशी उन्नति… हो।

आफुलाई पन्छ्याएर, आफै बाट टाढा।
तिम्रै मात्र कुरा सुन्न, मिठो लाग्ने भो। 
तिम्रै बासना चल्छ सधै, मैले फेर्ने सासमा। 
आँखा खोल्छु जहिले पनि, तिमीलाई देख्ने आसमा…हो।

[तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी।
तिमीबाट शुरु हुन्छ, मेरो खुशी उन्नति… हो।]...२  
मेरो खुशी उन्नति…हो।…४  


Thisnepali song lyrics and chords" "


    Kahan Pokhincha Aansu

Singer : Manila Sotang, Udaya Sotang

कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।]...२

मेरो एक्लो बाटोले, तिम्रो पाईला खोज्दै थियो।...२
मेरो बिउझने रातले, तिम्रो सपना सोच्दै थियो।...२
कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।
कहाँ पोखिन्छ आँसु।

मेरो बेटुंगो यात्राले, तिम्रो साथ माग्दै थियो।...२
मेरो सुनसान घरले, तिम्रो बास सोदधै थियो।...२
कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।
कहाँ पोखिन्छ आँसु।…४
  


Thisnepali song lyrics and chords" "


    Aaja Aafnai Chhaya

Singer : Udaya Sotang

आज आफ्नै छायाँ, टाढा-टाढा भो।…२
बिर्सु भन्छु झनझन, माया गाढा भो।…२
जुन हो भन्थे माया,फूल हो भन्थे माया।…२
उही माया मलाई, किन काढा भो।…२

कस्तो घाऊ लाग्यो मनमा,घरि-घरि बल्झिरहने।...२
किन होला उनकै तस्विर, कलेजीमा अल्झीरहने।…२
आज आफ्नै छायाँ, टाढा-टाढा भो।

वाचा थियो संगै जिउने, दुइ किनार झैँ हुनुपर्यो।…२
कस्तो भाग्य रैछ मेरो, हास्न खोज्दा रुनुपर्यो।…२
आज आफ्नै छायाँ, टाढा-टाढा भो।…२
बिर्सु भन्छु झनझन, माया गाढा भो।…२
जुन हो भन्थे माया,फूल हो भन्थे माया।…२
उही माया मलाई, किन काढा भो।…३ 

Thisnepali song lyrics and chords" "


  Yeti Chokho Yeti Mitho

Singer : Narayan Gopal, Udaya Sotang

यति चोखो यति मिठो, दिउला तिम्लाई माया।
बिर्सनेछन यी साराले, पुराना प्रेमका कथा।]...२

[मेरो सारा जीवन, सबै तिमीलाई।
मिठा मिठा क्षणहरु, सबै तिमीलाई।]...२
मेरो खुशी मेरो सुख, सबैसबै तिमीलाई।
यति चोखो। आ हा, आ हा , हो हो।

[आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु।
सपनीमा पनि मलाई, सुस्तरी चिहाउनु।]...२
सधैसधै तिमी मेरी माया बनि आउनु आउनु।

यति चोखो यति मिठो, दिउला तिम्लाई माया।
बिर्सने छन यी साराले, पुराना प्रेमका कथा।


Thisnepali song lyrics and chords" "


   Aaja Ko Yo Sanjh

Singer : Udaya Sotang

आजको यो साँझ सम्हालेर राख। ...२
आजको यो पल, हृदयमा सांच।
आज एउटा इतिहास हो, पछेउरिमा बाँध। ...२
आजको यो साँझ सम्हालेर राख।

हामी दुइ छुदै कति कोशीहरु बगे। ...२
हल्लाउदै पात हाम्रा कति आंधी चले। ...२
तिम्रो मनको पानाभरि कोरेर राख।
आजको यो पल, हृदयमा सांच।
आज एउटा इतिहास हो, पछेउरिमा बाँध। ...२
आजको यो साँझ सम्हालेर राख।

जुनतारा जस्तै हामी किन टाढा-टाढा। ... २
यो जुनीमा साइनो हाम्रो कहिले हुने गाढा। ...२
तिम्रो मनको ढुकढुकी लाई सोधेर राख।
आजको यो पल, हृदयमा सांच।
आज एउटा इतिहास हो, पछेउरिमा बाँध। ...२
आजको यो साँझ सम्हालेर राख। ...२ 


Thisnepali song lyrics and chords" "


    Swarga Ki Pari

Singer : Manila Sotang, Udaya Sotang

स्वर्गकी परी धर्तीमा झरी म सम्म आईदेऊ
प्रेमको गीत...
प्रेमको गीत जीवनमा मेरो (तिमीले गाइदेऊ )२
स्वर्गकी परी...

(बादल झैं कोमल माया सागरझैं गहिरो माया यो )२
(सूर्य सरी अटल जूनजस्तै शितल )२
(माया तिमीले दियौ )२
स्वर्गकी परी...

(मायाको कुनै सीमा हुन्न प्रेमको न कुनै परिधी हुन्छ )२
(बासन्ति फूल झै सुन्दर प्रेम हुन्न्छ )२
(तिमीले सम्झाई दियौ )२

स्वर्गकी परी...
स्वर्गकी परी धर्तीमा झरी म सम्म आईदेऊ
प्रेमको गीत...
प्रेमको गीत जीवनमा मेरो (तिमीले गाइदेऊ )४


Thisnepali song lyrics and chords" "


   Aaja Timro

Singer : Udaya Sotang

आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुराचल्यो।...२
बल्लबल्ल भरेको घाउमा...२,फेरी नया चिरापर्यो।
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुराचल्यो।

रमितेको घुइंचो थियो, चिनाजाना पनि थियो।...२
त्यहि भिडमा तिम्रो रूपको नचाहिँदो चर्चा चल्यो।...२
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुराचल्यो।...२
बल्लबल्ल भरेको घाउमा...२,फेरी नया चिरापर्यो।

आफ्नो-आफ्नो भाग्य रैछ, सुख पाउनु,दुख पाउनु।...२
तिम्रो भागमा कुन्नि के छ, मेरो भागमा पिडा पर्यो।...२
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुराचल्यो।...२
बल्लबल्ल भरेको घाउमा...२,फेरी नया चिरापर्यो।

आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुराचल्यो।...२


Thisnepali song lyrics and chords" "


   Mann Ko Baandh Lai

Singer : Manila Sotang, Udaya Sotang

मनको बाँधलाई, बाँधन सिक पगली।...२
नत्र भिज्ने छ, तिम्रो परेली।
मनको बाँधलाई, बाँधीराख्नु कसरि।
जब वेदनाले नाग्द छ चुली।
मनको बाँधलाई, बाँधन सिक पगली।

[नरुनु तिमी, म टाढा हुँदा।
कसले पाएको छ, संगै जिउन सधै।]...२
अजम्बरी जन्मेको छैन कोहि।
मनको बाँधलाई, बाँधन सिक पगली।...२

[तिमी नै मेरो, आड भरोशा।
मलाई त्यतै लैजाऊ, तिमी जान्छौ जता।]...२
नत्र हुने छु म, उडेको खरानी।

मनको बाँधलाई, बाँधन सिक पगली।
नत्र भिज्ने छ, तिम्रो परेली।
मनको बाँधलाई, बाँधीराख्नु कसरि।
जब वेदनाले नाग्द छ चुली।

[मनको बाँधलाई, बाँधन सिक पगली।
मनको बाँधलाई, बाँधीराख्नु कसरि।]...२ 


Thisnepali song lyrics and chords" "


   Maya Ta Tadha Kai

Singer : Manila Sotang, Udaya Sotang

माया त टाढा कै राम्रो, कमसेकम चोखो त हुन्छ।...२
आत्माको बोली नबोल्ने माया, नजिकमै पनि खोक्रो नै हुन्छ।
माया त टाढा कै राम्रो हो।

[दिल मिल्छ र नै, माया मिल्छ। मन मिल्छ र नै माया हुन्छ।]...२
माया आत्माको मिलनमा पो हुन्छ।
जीउ मिल्दा मात्र, माया कहाँ हुन्छ।
माया त टाढा कै राम्रो हो।

[शरीर जस्तो होइन माया, मन जताततै कहाँ मिल्छ।]...२
देहको मिलन होइन यो माया।
आत्माको भाकापो, चोखो माया हुन्छ।

माया त टाढा कै राम्रो, कमसेकम चोखो त हुन्छ।...२
आत्माको बोली नबोल्ने माया, नजिकमै पनि, खोक्रो नै हुन्छ।
माया त टाढा कै राम्रो हो। 

Thisnepali song lyrics and chords" "


   Chin Chin Mai

Singer : Udaya Sotang

छिन् छिन् मै, हाँस्न मन लाग्छ।
छिन् छिन् मै, रुन मन लाग्छ।
खै के भो यो छातीको देब्रे पाटोमा।…२
यस्तै नै हुँदोरैछ, पिरतीको बाटोमा।
छिन् छिन् मै, हाँस्न मन लाग्छ।

[कहिले उकालै उकालो भिडको बाटो अप्ठ्यारो।
एकै सासमा चढुँ झै लाग्छ।]…२
कहिले ओरालीको बाटो, समतल अनि सजिलो ,
झर्नै नि गारो पो हुन्छ।

छिन् छिन् मै, हाँस्न मन लाग्छ।
छिन् छिन् मै, रुन मन लाग्छ।
खै के भो यो छातीको देब्रे पाटोमा।…२
यस्तै नै हुँदोरैछ, पिरतीको बाटोमा।
छिन् छिन् मै, हाँस्न मन लाग्छ।

[कहिले उनि संग संगै हिड्न पाउँदा आफ्नो त,
सन्सारै उज्यालो लाग्छ।]…२
कहिले एकैक्षणको समय, छेउमा उनि नहुँदा,
जिन्दगी अँध्यारो लाग्छ।

छिन् छिन् मै, हाँस्न मन लाग्छ।
छिन् छिन् मै, रुन मन लाग्छ।
खै के भो यो छातीको देब्रे पाटोमा।…२
यस्तै नै हुँदोरैछ, पिरतीको बाटोमा।
छिन् छिन् मै, हाँस्न मन लाग्छ।
छिन् छिन् मै, रुन मन लाग्छ।


Thisnepali song lyrics and chords" "


   Kahile Bhetu Kahile Chutu

Singer : Udaya Sotang

कहिले भेटुँ, कहिले छुटुँ, कहिले रिसाउँ, कहिले फकाउँ।]…२
पिरतीको कुरै नगरौं... यो त [सार्‍है]… ४ झेल्ला हुन्छ।
यसले [सार्‍है]…४ सताउँछ, [किन यस्तो हुन्छ]...३

[हजार चोट थोरै लाग्छ, न त काट्दा दुख्छ।
मुटु भित्रै गढि बस्छ, न धुँदा नि जान्छ।]…२
प्रियसीको कुरै यस्तै हो। यो त [सार्‍है]…४ झेल्ला हुन्छ।
यसले [सार्‍है]…४ सताउँछ। [किन यस्तो हुन्छ।]...३

[मन पर्नुले सीमा नाग्छ मन उतैतिर जान्छ।
दुखाई पनि मिठो लाग्छ पीर टाढा भाग्छ।]…२
मायालुको कुरै यस्तै हो। यो त [सार्‍है]…४ झेल्ला हुन्छ।
यसले [सार्‍है]…४ सताउँछ। [किन यस्तो हुन्छ।]...३


Thisnepali song lyrics and chords" "





    Aadhi Bato Hide Pachi

Singer : Manila Sotang, Udaya Sotang

आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा )...२

(भीर खस्थे सिरानीमा, गुहार भन्न सकिन्नथ्यो।
मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो।)....२
धेरै टाढा हिडेपछि ...२, तिमीसंग भेट भयो।
सानो मोडैमा।

आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा

(एकान्तले सुसेल्दथ्यो, उदासीले गीत गाउथ्यो।
आँखाहरु रसाएर, वेदनाको भेल बग्थ्यो।)..2
यस्तै भेलमा बग्दा-बग्दै...२,तिमीसंग भेट भयो।
सानो मोडैमा।

(आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा। )...२ 


TNepali Songs Lyrics nepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan